मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक

बिर्तामोड । बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ ।


आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिका अनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य २ खेल हुनेछ ।


जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै बाइ पाएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउनेछन् भने उपविजेताले नगद १५ हजार पाउने छन् । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
404
सम्बन्धित

लोकप्रिय

लोकप्रिय