नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । उत्कृष्ट पूनःरागमन गर्दै नेपाल जारी साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह चरणतर्फ निर्णायक मानिएको अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानमाथि २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।


थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा शुरुवाती अग्रता भने भुटानले लिएको थियो । मध्यान्तर हुन केही मिनट बाँकी छँदा नेपालका गोलरक्षक पेम्बा नोर्वु भोटेले नियन्त्रणमा लिन नसकेको बललाई ४३औं मिनटमा भुटानका छिमी तोब्देन दोर्जीले गोलपोष्टको जाली चुमाएका थिए ।

पहिलो हाफसम्म भुटानले १–० को अग्रता कायम पनि राख्यो । यद्यपि दोस्रो हाफको ५५औं मिनटमा कृष्ण बहादुर आलेले उत्कृष्ट फ्रिकिक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेल बराबरीतर्फ नै लम्किरहेका बेला ८५औं मिनटमा सुजन डंगोलले निर्णायक गोल गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए ।


यो नतिजासँगै समूह बी बाट पाकिस्तान र नेपाल सेमिफाइनलमा प्रवेश गरेका छन् । स्मरण रहोस, पाकिस्तानले बुधबार नै भएको अर्को खेलमा श्रीलंकालाई ५–१ ले हराएको थियो । उता समूह ए बाट भने भारत र बंगलादेशले यसअघि नै स्थान बनाईसकेका छन् । अब शनिबार हुने पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता भारतको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो खेलमा पाकिस्तानले बंगलादेशसँग भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
313
सम्बन्धित

लोकप्रिय

लोकप्रिय