आशिका तामाङ विरुद्ध मुद्दा दर्ता, तामाङले बोलाइन पत्रकार सम्मेलन

झापा । अभियन्ता भनेर चिनिएकी आशिका तामाङ विरुद्ध मुद्दा दर्ता भएको छ । सूर्यविनायक नगरपालिकाको ९ र १० नं. वडाको सिमानामा रहेको झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गरेर अनुशन्धान गर्न माग गर्दै जाहेरी नै दर्ता भएको हो ।


झोलुङ्गेपुल चढेबापत पैसा लिन नपाइने भन्दै टिकट प्याड आगजनी गरेको र त्यहाँको अस्थायी संरचना समेत तोडफोड गरेको आरोपमा सूर्यविनायक नगरपालिकाले आशिका तामाङ विरुद्ध प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।

तामाङले सोमबार आफू सहित ६–७ जना लगेर अस्थायी संरचना तोडफोड गरेको र त्यहाँ रहेका कर्मचारीलाई धम्की समेत दिएको आरोप नगरपालिकाले लगाएको छ । नगरपालिकाका तर्फबाट कानून शाखाका प्रमुख कपिल बहादुर अधिकारीले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।


मुद्दा दर्ता भएको खबर बाहिरिएपछी तामाङले भोली बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । उनले सामाजीक संजाल फेसबुकमा भोली बिहिबार रिपोर्टर्स क्लमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारहरुलाई उपस्थितिका लागि आग्रह गरेकी छिन् ।

पछिल्लो समय विभिन्न स्थानमा पुगेर उनले गरेको खबदारीको भने धेरैले प्रशंसा गरिरहेका छन् । कलाकारीताबाट चर्चामा आएकी तामाङले हाल अभियान्ताको परिचय बनाएकी छिन् ।

यस्तो छ आशिकाको फेसबुक स्टाटस :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
499
सम्बन्धित

लोकप्रिय

लोकप्रिय