गर्भवतीको पेटभित्र रहेको बच्चाको पेटमा पनि बच्चा !

भारतको मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ । अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ ।


डाक्टरहरूका अनुसार लाखौँ महिलामध्ये एकमा यस्तो हुनसक्छ । जन्मपछि नवजात शिशुलाई जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरेर राखिएको छ । बच्चालाई बचाउन डाक्टरले सर्जरी गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ । महिला नवौँ महिनामा मात्रै क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएकी थिइन् ।

जाँचका क्रममा उनको पेटभित्र रहेको नवजात शिशुको पेटमा बच्चा हुन सक्ने आशङ्का देखियो । मेडिकल कलेजमा दोहोर्‍याएर जाँच्दा यो कुरा सत्य साबित भयो । महिलाले सामान्य प्रसव प्रक्रियाबाट छोरीलाई जन्म दिएकी थिइन् । अल्ट्रा साउन्डको रिपोर्टमा महिलाको पेटभित्र रहेको बच्चाको पेटमा एउटा गाँठो जस्तो देखिएको थियो ।


सिटी स्क्यानका क्रममा पेटमा बच्चा नै भएको सम्भावना धेरै पाइयो । यस्तो खालको मामिला दुर्लभ हुन्छ । पाँच लाख महिलामा एक जनामा यस्तो हुन्छ । अहिलेसम्म विश्वभर यस्ता खालको २०० मामिला देखिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
444
सम्बन्धित

लोकप्रिय

लोकप्रिय