इजरायली आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु, १८०० भन्दा बढी घाइते

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि इजरायली हवाई आक्रमणमा ५० बालबालिकासहित ५५८ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा १८०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।


लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले भने, ‘आक्रमणमा १८३५ जना घाइते भएका छन् । घाइतेहरूको हेरचाह गर्न मेडिकल स्टाफले आफ्नो क्षमताभन्दा बाहिर काम गरेका छन्। स्वास्थ्य क्षेत्रलाई हाम्रो सहयोगको खाँचो छ । हामी आशा गर्छौं कि आउने समय खराब नहोस्।’

चार स्वास्थ्यकर्मीहरू पनि इजरायली आक्रमणमा मारिएको उनले बताए। अस्पताल र एम्बुलेन्समा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको अबियादले बताए। बीबीसी


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
278
सम्बन्धित

लोकप्रिय

लोकप्रिय