चट्याङ लागेर दमकका ३६ वर्षीय युवाको मृत्यु

झापा । मंगलबार साँझदेखि वर्षासँगै परेको चट्याङले लागेर झापाका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकका एक ३६ वर्षीय युवा रहेका छन् ।


प्रहरीका अनुसार दमक ४ घर भइ मोरङको मिक्लाजुङ ३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउनको लागि गएका ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो ।

गएराति १० बजे भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङले लागेर मोते बेहोस भइ लडेका थिए ।


घाइतेलाई उपचारको लागि दमक अस्पताल ल्याइएकोमा उपचारका क्रममा राति ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
290
सम्बन्धित

लोकप्रिय

लोकप्रिय