बुद्धशान्ति २ का वडा अध्यक्ष घुस लिदालिदै पक्राउ

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादीको समूहले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा बिर्तामोडबाट वडा अध्यक्ष ओलीलाई पक्राउ गरेको हो ।

उनीहरुले वडा अध्यक्ष ओलीलाई बिर्तामोड प्रहरीको जिम्मा लगाएका छन् । आफूहरुको ‘स्ट्रिङ अपरेसन’ का क्रममा वडा अध्यक्षलाई घुससहित पक्राउ गरिएको बताइएको छ ।


भारतको सिलिगुडी निवासी अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै ओलीलाई नियन्त्रणमा लिइएको हो ।

चौहानले जग्गासम्बन्धी कारोबारमा वडा अध्यक्ष ओलीलाई रकम बुझाएका हुन् । वडा अध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि चौहानले बिर्तामोडमा आएर पैसा बुझाएका हुन् । घुस बुझाउने र लिने दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
50
सम्बन्धित

लोकप्रिय

लोकप्रिय