तराईमा उच्च गर्मी, यस्ता छन् गर्मीबाट हुने जोखिम र बच्ने उपायहरु

झापा । केही दिनदेखि झापा, मोरङ सुनसरी लगायत लगाएत तराईका सबै ठाँउमा उखुम गर्मी बढेको छ ।

पहाडका बेहि जिल्लाहरुमा समेत गर्मीको पारो बढेको छ । गर्मीको बेलामा स्वास्थमा अलि ख्याल गर्न सकिएन भने धेरै खालका समस्याहरु निम्तिन सक्छन् ।

हामीलाइ यो कुरा थाहा पाउन आवश्यक छ कि प्रचण्ड गर्मीबाट कस्तो समस्या निम्तन सक्छन् र त्यसबाट कसरी बच्न सक्छौं ।


यस्ता छन् गर्मीको कारण हुन सक्ने स्वास्थ समस्याहरू : 

  • उच्च तापक्रम भएमा हिट स्ट्रोक र थकान हुने गरि दुई मुख्य जोखिम हुन्छ ।
  • लगातार उच्च तापक्रम रहिरहेमा लगातार शरिरको तापक्रम बढ्छ र जसले शरिर बाँउडिने र जिउ चिलाउने जस्ता समस्याहरु हुन सक्छ ।
  • प्रचण्ड गर्मीमा ब्लड प्रेशर हाइ हुन्छ जुन मुटुको लागि धेरै नै नोक्सानदायक हुन्छ ।
  • गर्मीको कारणले शरिरमा पानीको कमी अर्थात डिहाइड्रेशन हुन सक्छ र जसले चक्कर आउने, जीउ चिलाउने र टाउको दुख्ने जस्ता समस्याहरु पनि हुन सक्छन् ।
  • अचानक गर्मी बढ्नाले स्वास्थमा सिधा असर पुग्छ । गर्मी बढ्नाले ह्युमिडिटी बढ्छ र तातो हावा तेजसँग चल्न थाल्छ । यस्तो अवस्थामा हिट स्ट्रोकको साथमा क्रोनिक हार्ट डिजिज हुन थाल्छ ।
  • अत्याधिक गर्मी हुनाले घरबाहिर रहने मानिसहरु मात्रै होइन बच्चाहरु, वृद्धवृद्धा र यस्ता मानिसहरु जो नियमित औषधि सेवन गरिरहेका हुन्छन उनीहरमा पनि असर पर्छ किनभने यस्ता मानिसहरुले आफ्नो शरिरको तापक्रम नियन्त्रण गर्न पाँउदैनन् ।
  • धेरै तापक्रम हुनाले वायुप्रदुषण पनि हुन्छ । गर्मी बढ्नाले संक्रामक रोगहरुको प्रसार धेरै हुन्छ । प्रचण्ड गर्मीमा मच्छड पनि धेरै नै आउन थाल्छन् । यस्तोमा डेंगु, मलेरिया जस्ता भाइरस धेरै छिटो फैलन्छन् ।
  • गर्मीमा खानाको कारणले हुने स्वास्थ समस्या पनि धेरै देखा पर्छन् । वास्तवमा गर्मीमा खानेकुरा छिटै नै खराब हुन जान्छ । खानामा छिट्टै नै किटाणुहरु र ब्याक्टेरियाको कारणले खाना खराब हुन्छ ।
  • मेन्टल हेल्थ शोधकर्ताहरुको अनुसार गर्मी बढ्नाले मानिसहरुमो मानसिक स्वास्थमा धेरै नै फरक पर्छ । यसको कारणले डिप्रेशन, एन्जाइटी, पोस्ट ट्रमाटिक डिसअर्डर सम्म हुन सक्छ ।
  • यसको बाहेक गर्मीमा दादुरा, थायरायड जस्तो गम्भिर रोगहरु बढ्न जान्छन् ।   

कसरी बच्ने गर्मी वा चर्को घामबाट :

  • सबैभन्दा राम्रो उपाय हो घर भित्र नै बस्ने, ११ देखि ४ बजे सम्मको घाममा बाहिर सकेसम्म ननिस्किनुहोस ।
  • गर्मीबाट बच्न एयरकन्डिस्नर, पंखा कुलरहरु चलाएर राख्नुहोस ।
  • यदि घरबाहिर निस्कनु छ भने छाता ओढेर निस्कनुहोस वा क्याप लगाउनुहोस ।
  • पानी धेरै पिउनुहोस । सकेसम्म धेरै फलफूल खानुहोस र जुसहरु पिउनुहोस ।
  • बासि तथा झिंगा भन्किएका खाना नखानुहोस । घरबाहिर खाना खाने गर्नुहुन्छ भने सफा र स्वस्था खाना पाइने ठाँउमा मात्रै खानुहोस ।
  • कुनै यात्रामा वा भ्रमणमा जाँदै हुनुहुन्छ भने आफ्नो साथमा आधारभुत औषधीहरु राख्नुहोस ।
प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय