नेपाल आदिबासी जनजाति नेत्रहीन संघ झापाको तेस्रो साधारणसभा तथा स्थापना दिवस

शिवसताक्षी । नेपाल आदिबासी जनजाति नेत्रहीन संघ जिल्ला जिल्ला कार्य समिति झापाले तेस्रो वार्षिक साधारण सभा तथा चौधौ स्थापना दिवस सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा कार्यक्रम गर्दै नेत्रहीन संघले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार मेन्याङ्बोलाई सम्मान गर्दै साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको हो । मेन्याङबोलाई योगदानमा आधारित सम्मान पत्र प्रदान गरिएको संस्थाका अध्यक्ष भोजराज तामाङले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु भएको कार्यक्रममा अधिकांश बक्ताहरुले राज्यले दृष्टिविहीनहरुलाई उपेक्षा गरेको बताए । कार्यक्रममा बोल्दै संस्थाको कोषाध्यक्ष अविरल लिम्बुले कम्तिमा पनि दृष्टिविहीनहरुलाई सरकारले रातो कार्डको व्यवस्था गर्नु पर्ने बताए । हाम्रो हात खुट्टा छन् । तर मुख्य हेर्ने आँखा छैन । त्यसैले रातो कार्डको व्यवस्था गर्न सरकार सँग माग गरे । उनले कतिपय हाम्रा साथीहरु बजारमा गीत गाएर पेट पाल्नु पर्ने अवस्था छ । उनले भने, हामीलाई माया दया होइन अवसरको खाँचो छ।

उनले नेपाल नेत्रहीन जिल्ला कार्य समिति झापालाई ३ थान कुर्सी प्रदान समेत गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले शिवसताक्षीमा दृष्टिविहीनहरुको तथ्यांक संकलन गरेर नगरपालिकामा बुझाउन आग्रह गरेकी छिन् । नगरपालिकाका सँग पूर्ण तथ्यांक छैन । तथ्यांक नभएका कारणले दृष्टिविहीन नागरिक लक्षित कार्यक्रम गर्न समस्या भएको उनको भनाई थियो । उनले नगरपालिकाले दृष्टिविहीनहरुलाई हिड्नका लागि साहराको रुपमा रहेको छडी नगरपालिकाले वितरण गर्दै आएको जानकारी दिइन् ।


साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर मा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मानविकी संकाय तेस्रो वर्षमा अध्ययनरत दृष्टिविहीन सुरेस लिम्बुलाई छात्रबृत्ती प्रदान गरिएको छ । पाथिभरा समुदायिक बन उपभोक्ता समूहका अध्यक्ष घनेन्द्र तुम्बापोले नगद ९ हजार छात्रबृत्ति प्रदान गरेका छन् । कार्यक्रममा नेपाल आदिबासी जनजाति नेत्रहिन संघ र लाइफ लाइन अस्पताल दमक बीच भएको सम्झौताका बारेमा जानकारी गराइएको थियो ।

दमक लाइफ लाइन अस्पतालले नेत्रहिन संघको सदस्यता कार्ड आधारमा दृष्टिविहीनहरुलाई उपचारमा ३० प्रतिशत छुट गरिदिने भएको छ । दृष्टिविहीनहरुलाई वर्षमा एक पटक निशुल्क स्वास्थ्य शिविर चलाउने र त्यसको व्यवस्थापनमा नेपाल नेत्रहिन संघले सहयोग गर्ने गरी सम्झौता भएको अध्यक्ष तामाङ्गले जानकारी दिए ।

कार्यक्रममा ज्ञानबहादुर इङबुङ, सुमित्रा वाङदेल, विरबहादुर रसाईली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय