झापामा पहिलो पटक ‘झापा रकस्टार’ आयोजना, ब्याण्डहरुले प्रतिस्पर्धा गर्ने

बिर्तामोड । झापामा पहिलो पटक सांगीतिक सो ‘झापा रकस्टार’ आयोजना हुने भएको छ । बिर्तामोडमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘झापा रकस्टार’ आयोजनाका सम्बन्धमा जानकारी गराइएको हो ।

बिर्तामोडको अमृत स्टोरले ‘झापा रकस्टार’को आयोजना गर्ने छ । ‘झापा रकस्टार’ मा विभिन्न सांगीतिक ब्याण्डहरुले प्रतिस्पर्धा गर्ने आयोजक प्रमुख अमृत पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार यो सो ब्याण्डहरुको प्रतिस्पर्धा हो । पछिल्लो समय सांगीतिक भविष्यको खोजीमा ब्याण्डहरुमा आबद्ध भएर लाग्ने युवाहरुलाई उत्प्रेरीत गर्ने उदेश्यले ‘झापा रकस्टार’को आयोजना गरिएको पौडेलले बताउनुभयो ।

झापा रकस्टार’मा प्रतिस्पर्धा गर्नका लागि गत सेक्टेम्बर १५ बाट नै प्री अडिसन खुल्ला भएको आयोजकले बताएको छ । सेक्टेम्बर २६ आवेदन दिन सकिने छ । प्रतिस्पर्धाका लागि पहिलो चरणमा डिजिटल अडिसन हुनेछ ।


‘झापा रकस्टार’ को फिनाले अक्टोबर ३ मा हुनेछ । डिजिडल अडिसनबाट छनोट भएका ब्याण्डहरुले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । बिर्तामोडमा भव्य कार्यक्रमकाबिच फिनाले सम्पन्न गरिने ‘झापा रकस्टार’की व्यवस्थापक सुनीता तामाङले जानकारी दिनुभयो । उहाँले रकस्टार भन्ने बित्तिक्कै रक बिधामा मात्रै नभई संगीतको हरेक बिधामा ब्याण्डहरुले प्रस्तुति दिन सक्ने जानकारी गराउनुभयो ।

ब्याण्डहरुको प्रतिस्पर्धाबाट ‘झापा रकस्टार’ को पहिलो, दोस्रो र तेस्रो छनोट गरिने छ । पहिलो हुने ब्याण्डले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छ ।

प्रतिस्पर्धा भाग लिने हुने ब्याण्डहरुले निःशुल्क सहभागीता जनाउन पाउन आयोजकले बताएको छ । कम्तिमा ४ जना सदस्य रहेका ब्याण्डहरुले प्रतिस्पर्धा गर्न पाउने छन् ।

पत्रकार सम्मेलनमा अग्रज संगीत गुरु कृष्ण योञ्जनकोे समेत उपस्थिति रहेको थियो । उहाँले अमृत स्टोरले आयोजना गर्ने ‘झापा रकस्टार’ले नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
74
सम्बन्धित

लोकप्रिय

लोकप्रिय