आजको मौसम यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


राति बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मनसुनको न्यूनचापीय रेखा अहिले पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
92
सम्बन्धित

लोकप्रिय

लोकप्रिय