खुदुनाबारी । संविधान दिवस तथा राष्टृय एकता दिवसको उपलक्ष्यमा अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाकार्यलयले दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ ।
वडा अध्यक्ष सिताराम भट्टराईको अध्यक्षता र संविधानसभाका सदस्य प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दिप प्रज्वलन गर्दै शुभकामना आदन-प्रदान गरिएको थियो ।
अर्जुनधारा नगरपालिका ३ नम्बर वडाको कार्यालय अगाडी गरूवा चाैकमा भएको कार्यक्रममा वडाका जनप्रतिनिधि तथा वडाका नागरिकको सहभागिता रहेको वडासचिव खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
