अर्जुनधारामा ताप्लेजुङ झापा सरोकार समाजको रक्तदान र सम्मान

अर्जुनधारा । संविधान दिवसको अवसर पारेर ताप्लेजुङ झापा सरोकार समाज अर्जुनधारा नगर समितिले नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिश्चरे बजारको देवकोटा चोकमा आयोजित रक्तदानमा ५ महिलासहित ३८ जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा अशक्त रहेका सदस्य, ज्येष्ठ नागरिक र दुई जना विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष राजकुमार गौतमको अध्यक्षता तथा सविधानसभा सदस्य प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एसइइ परीक्षामा ३.७७ जीपीए ल्याउने सिंहदेवी माविकी सुस्मिता खतिवडा र ३.७५ जीपीए ल्याउन जनता मावि खुदुनाबारीका शिवहरि निरौलालाई पुरस्कृत गरिएको थियो ।


यसैगरी, अर्जुनधारा ८ की अशक्त पुन कटुवाललाई १० हजार र अर्जुनधारा ११ का एकराज कङलिवालाई ५ हजार आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रममा ज्येष्ठ सदस्य चन्द्रबहादुर बस्नेत र मोहन धिताललाई सम्मान गरिएको थियो । त्यस्तै समाजसेवी लोक बहादुर तामाङलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई प्रमाण-पत्र बितरण गरिएको थियो । समाजका सचिव हिमालय पौडेलले संचालन गर्नुभएको कार्यक्रममा समाजका सूर्यप्रकास अधिकारीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि समाजसेवी लोक बहादुर तामाङले नगद ५० हजार सहयोग गरेको समाजका अध्यक्ष राजकुमार गौतमले जानकारी दिनुभयो । त्यस्तै सामाजिक व्यक्तीत्व कमल गुरागाईले कार्यक्रममा बितरण गरिएको फलफूल खरिदमा सहयोग गर्नुभएको गौतमले बताउनुभयो ।

कार्यक्रममा बितरण गरिएका जुस, पानी लगायतका विभिन्न सामाग्रीहरु विभिन्न दाताहरुके सहयोगमा संकलन गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
79
सम्बन्धित

लोकप्रिय

लोकप्रिय