स्काइवाक पुगे ‘डली चायवाला’

काठमाडौं । भारतका चर्चित व्यक्ति ‘डली चायवाला’ काठमाडौंको बहुचर्चित पर्यटकीय गन्तव्य स्काइवाक आइपुगेको छ ।

बिहीबार उनलाई स्काइवाकमा एक विशेष भेटघाट कार्यक्रमको लागि बोलाइएको हो । उनी एक साता नेपालमा रहने जनाइएको छ ।

डली चायवाला भारतको विभिन्न सहरहरूमा आफ्नो अनौठो शैली र व्यक्तित्वका कारण चर्चित छन् । उनी आफ्नो व्यवसाय मात्र नभई सामाजिक सञ्जालमा पनि अत्यन्तै लोकप्रिय छन् । उनी गत सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल आएका थिए ।


उनले बिहीबार बिहान पर्वतीय उडान पनि भरेका थिए । यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशंकर हिमश्रृंखलाको अवलोकन गरेपछि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
116
सम्बन्धित

लोकप्रिय

लोकप्रिय