गुलशन बने एकै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने पहिलो खेलाडी

काठमाडौं । युवा अलराउण्डर गुलशन झा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका छन् । नेपाल बिहीबार विहान ओमानसँग १ विकेटले पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

यसअघि नेपालबाट ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन तीन तथा सोमपाल कामी र ललित राजवंशीले १-१ पटक पूरा गरेका थिए । तर सोही खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले बनाउन सकेका थिएनन् ।

ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने उनी २४ औं खेलाडी हुन् । पछिल्लो पटक सन् २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।


गुलशनले ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुको साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
168
सम्बन्धित

लोकप्रिय

लोकप्रिय