मलद्वारमा लुकाएको ब्राउन सुगर सशस्त्रको कुकुरले फेला पारेपछि

झापा । सशस्त्र प्रहरीले मलद्वारमा लागूऔषध लुकाएर ल्याउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका ५ का ४१ वर्षीय दिपेन राई रहेका छन् ।

बुधबार बिहान साढे ९ बजेतिर मेची पुल काँकडभिट्टामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट परिचालन भएको जोजो नामको लागू औषधसम्बन्धी तालिमप्राप्त कुकुरसहितको टोलीले १० ग्राम ब्राउन सुगरसहित राईलाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री राईलाई शङ्का लागेर तालिमप्राप्त कुकुरद्वारा तलासी लिँदा उनले ब्राउन सुगर मलद्वारमा लुकाई ल्याएको अवस्थामा फेला परेको थियो ।


उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गणका डीएसपी सुमन पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय