विद्यालयमा जंक फुड प्रतिबन्ध गराउन स्थानीय सरकारलाई विप्लव नेतृत्वको जनसंगठनको अपिल

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीे र संबद्ध जनवर्गीय संगठन हरुले झापामा संचालित सामुदायिक र संस्थागत विद्यालयहरूमा जंक फूड लाई प्रतिबन्ध गर्ने अभियान सन्चालन गरिरहेको छ। दीर्घकालीन रुपमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने यस्ता अखाद्य वस्तु लाई अनिवार्य रुपमा बालबालिकाको पहुँच बाट हटाउने र यो अभियानमा सम्बन्धित सबै पक्ष लाई सहकार्यमा आउन निरन्तर अपील गरिरहेको छ।

सहकार्यको निम्ति अपील गर्दै झापाको बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिका लाई संगठनले ज्ञापन पत्र बुझाएको छ। पालिका प्रमुखहरू पवित्रा महतरा र मनोज प्रसाईं स्वयम लाई भेटेर यो विषयमा गम्भीर भई सहकार्यमा आउन हार्दिक अपिल गरेको पार्टीका प्रदेश सदस्य समेत रहेको विद्यार्थी नेता विनोद सी ले जानकारी गराए।

उनका अनुसार, जंक फुडको प्रयोगले अन्तरालामा मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रोल, मृगौला सम्बन्धी रोग, ओस्टियोपोरोसिस, डिप्रेशन, क्यान्सर जस्ता घातक रोगरु निम्तिने छ। यस्तो प्रकारको स्वास्थ्य समस्याले गर्दा कम आय भएका नेपाली नागरिकहरू लाई आर्थीक र सामाजिक हिसाबले समेत तहसनहस बनाउने गरेको छ। जंक फुड उत्पादक कम्पनीहरुले राज्य लाई कर बुझाएको भरमा जनस्वास्थ्यमा घातक खेलबाड गर्न नपाउने र यो कुनै पनि हालतमा रोक्नु पर्ने उनले बताए।


यो अभियान साझा भएको कारण शैक्षिक संस्था संचालक, स्थानीय र केन्द्रिय सरकार , आम अभिभावक समेत सचेत भाइ आ- आफ्नो तह बाट लाग्नु पर्ने उनले बताए। पार्टीे र जनवर्गीय संगठनहरुले सुरु गरेको यो अभियान सबैको साझा अभियान भएको कारण सम्बन्धित सबै पक्ष लाई सहकार्यमा आउन अपिल गरेको छ।

बुद्धशान्ति गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउदै

यस्तै, विद्यालयको पठनपाठनमा गिरावट आएको, विद्यालय परिसर भित्र अमानविय र अप्रिय घटनाहरू जस्तै: विद्यार्थी कुटपिट, यौन दुर्व्यवहार, विद्यार्थी वीच झैझगडा, लागू पदार्थ दुर्व्यसन आदि घटनाहरु अत्यधिक घटेको हुनाले यसलाई नियमन र नियन्त्रण गर्नको लागि विद्यार्थी संगठन अखिल समाजवादी निरन्तर लागि परिरहेको कुरा समेत विद्यार्थी नेता विनाेद सी ले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय