बिहिबारदेखि धरहरा खुल्ने

काठमाडौं । भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने भएका छन्। पुनर्निर्माण भएको धरहरा भोलि (बिहिबार)देखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। ​सरकारले धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ।


सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन्। धरहरा वि‍.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गरेको इतिहासमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
114
सम्बन्धित

लोकप्रिय

लोकप्रिय