सिम्रिकको माइन्यूट प्रमाणितसभा : उत्कृष्ट सदस्य, पत्रकार, सेवा केन्द्रलाई सम्मान

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट सदस्य र पत्रकारलाई सम्मान र नवनिर्वाचित कार्यसमितिको सपथग्रहण गर्दै मुल माइन्यूट प्रमाणितसभा सम्पन्न गरेको छ ।

आज बिर्तामोडमा आयोजित १४ औं वार्षिक मुल माइन्यूट प्रमाणित सभामा सहकारीले आर्थिक वर्ष ०८०/८१ का उत्कृष्ट शेयर सदस्य कमल पाण्डे, फुलमाया तामाङ, वीरबहादुर राई , पर्शुराम बस्नेत, अजय शाहलाई सम्मानसहित पुरस्कृत गरिएको छ । यस्तै, वर्ष उत्कृष्ट पत्रकारका रुपमा इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष साप्ताहिकका सम्पादक विष्णु पौडेललाई नगद रु १०,०००। सहित सम्मान गरिएको छ । उनीहरुलाई बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, सिम्रिकका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

यस्तै, संस्थाले उत्कृष्ट सेवा केन्द्रको रुपमा धुलावारीलाई नगद १५ हजार र मधुमल्ला सेवा केन्द्र मोरङलाई उत्कृष्ट व्यवस्थापन तथा आन्तरिक सुशासन कायम गरेमा नगद १५ हजारसहित पुरस्कृत गरेको छ । सोही अवसरमा सिलाई बुनाईमा उत्कृष्ट शेयर सदस्य बब्ली खातुनलाई मेसिन प्रदान गरिएको छ ।


सहकारीले गत आव २०७९/८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरेको छ । संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ । खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

‘एक घर एक सदस्य अभियान, सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थामा ६४ हजार २ सय ३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको जनाएको छ । ७ वटा इकाइगत साधारण सभा सम्पन्न गरेको सिम्रिकले अन्तिम माईन्युट प्रमाणीकरण सम्पन्न गरेको छ ।

यस्तै, संस्थाको नवनिर्वाचित समितिको सपथग्रण समेत सम्पन्न भएको छ । आगामी चार वर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रममा साविक संचालक समिति र लेखा सुपरिवेक्षण समितिको मात्र मनोनयन दर्ता भएको थियो । निर्वाचन कार्यक्रममा कसैको दावी विरोध नभएपछि अध्यक्षमा पुनः सुवास भट्टराई चयन भएका छन् । तोकिएको समयावधि भित्र कुनै पनि दावी विरोध नआए पछि आगामी कार्यकालका निम्ति पुनः सोही समिति निर्वाचित भएको हो ।

समितिमा साविकका उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट नै पुनः निर्वाचित भएका हुन् । यसै गरी सदस्यहरुमा पनि साविककै लिला मुखिया अधिकारी, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविज जोगी नै पुनः निर्वाचित भएका हुन् ।

यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजकमा रमेश कुमार अधिकारी पुनः निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा पनि साविककै मिन प्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएका छन् । उनीहरुले माइन्यूट प्रमाणिकरणसभामा सपथग्रहण समेत गरेका छन् । सपथपछि बोल्दै अध्यक्ष भट्टराइले सबै सदस्यहरुको हितमा काम गर्दै संस्थालाई बलियो ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम संस्थाका कर्जा विभाग प्रमुख प्रेम बस्नेत (विजय)ले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
188
सम्बन्धित

लोकप्रिय

लोकप्रिय