हिमाली जिल्ला हुम्लामा पहिलोपटक डेङ्गुका बिरामी फेला

सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलोपटक डेङ्गुका बिराी देखिएका छन्।

अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका बालकको स्वाव परिक्षण गर्दा डेङ्गु पुष्टि भएको हो।

सिमकोट गाउँपालिका ८ को खोल्सी गाउँका एघार वर्षका बालकलाई डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए।


उनका अनुसार बालकको स्वाव भेरिफाइ गर्न तीन पटक ल्यावमा परिक्षण गर्दा डेङ्गु पुष्टि भएको हो। चिकित्सकले बालकमा भएको डेङ्गु स्थानीय डेङ्गु भएको बताए।

अभिभावकका अनुसार डेङ्गु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि गएका थिएनन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
143
सम्बन्धित

लोकप्रिय

लोकप्रिय