विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्ने

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ओमानसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार राति ९ बजे ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुनेछ। सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ।

नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले चार र ओमानले ३ खेल जितेको छ।  नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ।


त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय