लखनपुर खानेपानीमा एमाले नेतृत्वको निरौला अध्यक्ष निर्वाचित

दमक । झापाको कमल– ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको गठबन्धनले जित हासिल गरेको छ । सो साँझा समूहका अध्यक्षका उम्मेद्वार डम्बरबहादुर निरौला निर्वाचित भएका छन् ।
 
मतगणनाको अन्तिम परिणामअनुसार निरौलाले ९ सय १७ मत ल्याई निर्वाचित भएका हुन् । निरौला कमल ५ का पूर्व वडाध्यक्षसमेत हुन् । यसअघि अग्रस्थानमा रहेकी स्वतन्त्र उम्मेद्वार उषा भण्डारीलाई उछिन्दै निरौला निर्वाचित भएका हुन् । भण्डारीले ७ सय ४१ मत ल्याएकी छन् ।
 
त्यस्तै स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर भण्डारीले ३ सय ७८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र लिम्बूवानको गठबन्धनबाट अध्यक्षका उम्मेद्वार बनेका राजकुमार न्यौपानेले ३ सय ६४ मत पाएका छन् । त्यसैगरी अर्का स्वतन्त्र उम्मेद्वार खेम गुरागाईले १ सय ३५ मत पाएको निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले बताउनु भयो । उपाध्यक्षतर्फ सोही प्यानलका गंगाप्रसाद पाण्डे विजयी भएका छन् । एमालेको नेतृत्वमा राप्रपा र जसपाको गठबन्धनबाट उठेका पाण्डेले ९ सय २२ मत ल्याएका छन् । लोकतान्त्रिकका विद्रोही उम्मेद्वार प्रमोद दाहालले ६ सय ३६ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका दिनेश अधिकारीले ५ सय ९३ मत ल्याएका छन् । अर्का प्रत्यासी विनोद खरेलले १ सय ९९ मत ल्याएका छन् ।
 
सचिव पदमा एमाले नेतृत्वको साझा समूहबाटै हरिप्रसाद घिमिरे ९ सय ५२ मत ल्याई निर्वाचित भएका छन् । स्वतन्त्र समूहका यामप्रकाश सुब्बाले ७ सय ४६ मत प्राप्त गरेका छन् भने कांग्रेस नेतृत्वको लोकतान्त्रिकका निधिरत्न अधिकारीले ४ सय ६२ मत ल्याएका छन् । सह–सचिवमा एमाले नेतृत्वको साझा समूहकी धनकुमारी राई १ हजार ३९६ मतसहित विजयी भएकी छन् । लोकतान्त्रिककी उम्मेदवार बिमलादेवी भट्टराईले ५ सय ४४ र स्वतन्त्रकी गोमा तिवारीले ३ सय १० मत ल्याएका छन् । त्यस्तै लेखा समिति संयोजकमा एमाले नेतृत्वको साझा समूहका पशुपतिकुमार धिताल ९ सय ४५ मतसहित निर्वाचित भएका छन् । लोकतान्त्रिकका धर्मानन्द भट्टराईले ८ सय ९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार युवराज कार्कीले ६ सय २० मत ल्याएका छन् । त्यस्तै लेखा समिति सदस्यमा देउप्रकाश राई(९७५) र मनिका राई (८७५) मत ल्याएर निर्वाचित भएका छन् ।
 
खुल्ला तथा महिला सदस्यतर्फ क्षेत्र नं १ बाट खुल्ला सदस्यमा हेमराज कार्की भीम (६२८) र महिला सदस्यमा कमला राई गुरुङ(६२८), क्षेत्र नं खुल्ला सदस्यमा इश्वरकुमार बुढाथोकी (६३१) र महिला सदस्यमा लोविता राई (६३१ ) निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं ३ बाट खुल्ला सदस्यमा निरबहादुर श्रेष्ठ(१६८) , क्षेत्र नं ४ बाट दुर्गाप्रसाद पराजुली (७१४) ,महिला सदस्यमा सावित्रा उप्रेती(६७९) , क्षेत्र नं ५ बाट खुल्ला सदस्यमा टंकप्रसाद चम्लागाँई(५०३) र महिला सदस्यमा रामकुमारी कुरुङ्वाङ (५३८) मतसहित निर्वाचित भएको निर्वाचन समितिका संयोजक लामिछानेले जानकारी दिए ।संस्थाको आफनै कार्यालयमा ३१ भदौमा भएको निर्वाचनमा ८०.२५ प्रतिशत मत खसेको थियो। ४ हजार ९ सय बढी उपभोक्ता भएपनि मतदानमा भने ३ हजार ६ सय ११ उपभोक्ता मात्र मतदातायोग्य थिए ।
प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय