विश्वकर्माको पूजाआराधना गरी मनाइयो विश्वकर्मा पूजा

झापा । आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिर राखी विधिपूर्वक पूजाआराधना गरी दिवस मनाइएको हो ।

विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध नदी किनारमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारको पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रबीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा.तोयराज नेपाल बताउनुहुन्छ ।


प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा लिइन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको बताइन्छ ।

पूर्वेली ढुवानी सेवा प्रालिले गरेकाे विश्वकर्मा पूजामा देखिएकाे दृश्य

यसैबीच पूर्वेली ढुवानी सेवा प्रालिले भब्य रुपमा विश्वकर्मा पूजा गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले आज (मंगलबार) एकै स्थानमा ३० बटाभन्दाबढी सवारी साधनको भव्य रुपमा विश्वकर्माको पूजा गरेको हो ।

ढुवानी सेवाले बिर्तामोड–६ स्थित बुट्टाबारीमा ३० वढी ट्रकसहित अन्य सवारी साधनको पूजा एकै स्थानमा गरेको हो । पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्रीले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन् ।

सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ । सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन् । उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आएका छन् ।

ढुवानी सेवाले आयोजना गरेको पूजामा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सञ्चारकर्मी, प्रहरी, सवारी साधनका स्टाफलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
283
सम्बन्धित

लोकप्रिय

लोकप्रिय