कोठामा जान नमान्दा अनिलले हाने मनिषालाई छुरा

बिर्तामोड । प्रेमी अनिल विकले कोठामा जान नमान्दा प्रेमिका मनिषा लोहारलाई एक्कासि छुरा प्रहार गरी हत्या गरेको खुलेको छ ।

चार दिनअघि अर्जुनधारा ६ को महानन्द चौकमा समसाँझै अनिलले आफ्नी प्रेमिका मनिषालाई किन हत्या गरे भन्ने कारण खोतल्दा सो कुरा खुलेको हो । ‘अनिलले कोठामा हिड ’ भन्दा मनिषाले नमान्दा आवेगमा आएर छुरा प्रहार गरेको कुरा खुल्न आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गराई अनिललाई हिजोदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ । उनलाई घटनाका बारेमा सोधपुछ गरिएको डीएसपी विष्टले बताए । ‘बाटोमा विवाद नगरौं कोठामै गएर कुरा गरौं’ भन्ने अनिलको प्रस्तावमा मनिषाले कोठामा गएर जथाभावी बोल्ने र अरूले सुन्ने भन्दै इन्कार गर्दा छुरा हानेको कुरा बताएको विष्टले जानकारी दिए । विष्टका अनुसार त्यति कुरामा आवेगमा आएर अनिलले तरकारी किन्न आफैले ल्याइदिएको छुरा निकालेर मनिषामाथि अन्धाधुन्ध वर्षाएका थिए । मनिषाको शरीरमा तीन ठाउँमा छुरा लागेको थियो । सो छुरा सब्जी काट्न भनी अनिलले सोही दिन किनेर ल्याइदिएका थिए ।


उनीहरुबीच अटोमा फर्किदा नै विवाद भएको थियो । भदौ २८ गते साँझ ६ः४० बजे सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनिषाको महानन्द चौकमा हत्या भएको हो । कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर–३ बस्ने २० वर्षीय अनिल विकले छुरा हानी हत्या गरेका थिए । घटना भएको समयमा स्थानीयले प्रतिकार गर्दा अनिल गम्भीर घाइते भएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा करिव अढाई वर्षअघि सामाजिक सञ्जालमार्फत अनिल र मनिषाको चिनजान भएको खुलेको छ । बिस्तारै उनीहरूको चिनजान प्रेममा परिणत भएको थियो । कैलाली घर भएपनि अनिलको परिवार भारतमा बस्दै आएको छ । अनिल भारत सिलिगुडीमा कपडा पसलमा मार्केटिङको काम गर्दै आएका छन् । यसअघि पनि अनिल र मनिषाको बेला बेला भेटघाट हुँदै आएको थियो ।

छिटो रिसाउने र प्रतिक्रिया दिने विकको स्वभाव मनिषालाई मन परेको थिएन । अनिलको स्वभावकै विषयमा उनीहरूबिच विवाद हुने गरेको थियो ।घटना भएको दिन अनिल मनिषालाई भेट्न सिलिगुडीबाट आएका थिए । मनिषालाई सब्जी काट्न छुरासमेत लिएर आएका अनिल छिट्टै बिर्तामोड आएर मनिषासंग घुम्न गएका थिए । बिर्तामोडस्थित त्रिवेणी एचआर मेनपावरमा काम गर्दै आएकी मनिषाको छुट्टी भएपछि उनीहरू अटो चढेर मनिषाको कोठा बिर्तामोड–५ स्थित पाथीभरा टोलतर्फ लागेका थिए । अटोबाट उत्रिएपछि उनीहरुबीच विवाद भएको र सो अप्रिय घटना घटेको प्रहरीले जनाएको छ । प्रतिदिनबाट 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
269
सम्बन्धित

लोकप्रिय

लोकप्रिय