भित्रन थाल्यो भारतबाट अबैध पटाका, ६० हजार मूल्यको बरामद

झापा । भारतबाट अबैध रूपमा ल्याउदै गरेको पटाका प्रहरीले बरामद गरेको छ ।

आज बिहान ६ बजे सुनसरीको कोशी गाउँपालिका १ लौकहीस्थित सशस्त्र प्रहरीको बीओपीले चेकजाँच गर्दा भारतबाट अबैध रूपमा ल्याउँदै गरेको पटाका चेकजाँचको क्रममा बेवारिसे फेला परेको थियो ।

उक्त पटाका सशस्त्र प्रहरीको बीओपी लौकहीको नियन्त्रणमा रहेकोे छ ।


पटाकाको नेपाली मूल्य करिब ६० हजार रुपैयाँ रहेको जनाइएको छ ।

नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गर्दा त्यसलाई लक्षित गरि ल्याएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
118
सम्बन्धित

लोकप्रिय

लोकप्रिय