सुदूरपश्चिमको पोस्टमा वालिङको ५ गोल, नामिडुले गरिन् ह्याट्रिक

काठमाडौँ । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदूरपश्चिमको यो लगातार पाँचौं हार हो।

सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १-१ गोल गरिन् । सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् ।

नामिडुले १८औं, ४२औं र ४५औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ह्याट्रिक पूरा गरेकी हुन् । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै नासलीले खेल -० मा पुर्याइन् । सुस्माले ५०औं मिनेटमा गोल गर्दै वालिङको अग्रता ५-० मा पुर्याइन् ।


सुदूरका लागि ६२औं मिनेटमा रितिकाले १ गोल फर्काएकी थिइन् । ५ खेलमा ९ अंकसहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जितविहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
137
सम्बन्धित

लोकप्रिय

लोकप्रिय