डली चायवालाको नेपाल भ्रमण, झापामा चिया चखाउनेदेखि पर्वतीय उडान भर्ने

झापा । डली चायवाला नामले चिनिने सुनिल पाटिल सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा नाका हुँदै अर्जुनधारा पुगेका छन् ।

दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् ।

उनले आज अर्जुनधाराको लंका रिसोर्टमा चिया बनाएर अतिथिलाई खुवाउनेछन् । सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने भएका छन् ।


डली चायवाला मंगलबार बेलुका काठमाडौं जाने भएका छन् । काठमाडौंमा उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिनेछन् । हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे होटल सोल्टीमा बस्नेछन् ।

काठमाडौंबाट उनलाई तीन दिन पोखरा घुमाउने तयारी रहेको अलीले जनाए । ‘उहाँ मार्फत हामी नेपालको पर्यटन प्रवर्द्धन गर्न चाहन्छौं । उहाँको भाइरल छविलाई नेपालको पर्यटनको हितमा लगाउने सोच छ’ अलीले भने ।

भारतमा हालै सम्पन्न जीसेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए । संसारका ठूला मिडियाले उनलाई कभरेज गरेका छन् । पछिल्लो समय उनी विदेश भ्रमणमा व्यस्त देखिन्छन् । यतिबेला उनी केही ब्राण्डसँग पनि आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय