शिवसताक्षीको प्रमुख प्रशासकीय अधिकृतमा सुनिता तुम्वाहाङ्फेको आगमन

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी समाल्नु भएको छ । आजबाट शिवसताक्षी नगरपालिकामा ११ औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्बाहाङ्फेले जिम्मेवारी सम्माल्नु भएको हो ।

उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पहिलो पल्ट स्थानीयतहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको हो । उहाँ निजामति सेवामा प्रवेश गरेपछि अर्थ मन्त्रालय, सम्पत्ती सुद्धिकरण विभाग, प्रधानमन्त्री कार्यालय हुँदै पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत हुनुहुथ्यो ।आज शिवसताक्षी नगरपालिकामा नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु र कर्मचारीहरुले उहाँलाई स्वागत गर्नु भएको छ ।

स्वागतका क्रममा नगरप्रमुख थोप्राले कर्मचारीको र जनप्रतिनिधिको पालिकामा आउने बाटो फरक भएकाले कहिले-काही केही समस्या हुने गरेकाे बताउनुभयाे । वहाँले जनप्रतिनिधि भोटबाट र कर्मचारी लोकसेवाबाट आउँदा आ–आफ्ना जिम्मेवारी हुन्छन् । कर्मचारीले कानुनको नियमको परिधित्र रहेर काम गर्नु पर्ने बाध्यता र जनप्रतिनिधिले व्यवहारिक जनताको गुनासो प्रत्यक्ष सुन्नु पर्ने र त्यसको लागि काम गर्नु पर्ने हुँदा यसलाई समायोजन गरेर सहज ढंगले काम गर्नु पर्ने बाध्यता रहेको जानकारी गराउनु भयो ।


कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु लक्ष्मी चेम्जोङ्ग, भिम नेम्वाङ्ग, भाष्कर न्यौपाने, भवानी विक्रम चेम्जोङ्ग र बहादुर आङ्गबोले शुभकामना मन्तव्य राख्नु भएको थियो । अधिकृत सम्वाहम्फेले स्थानीयतहको अनुभव नभए पनि ऐन कानुनको परिधि भित्र रहेर नगरमा सुशासन कायम गर्दै र विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

शिवसताक्षी नगरपालिकामा यस अघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा अमृत बहादुर राई हुनुन्थ्यो । उहाँलाई कार्यापालिका बैठकले हालसम्मको कार्य सम्पादन सन्तोष जनक नरहेको भन्दै मन्त्रालय फिर्ता पठाएको थियो ।

शिवसताक्षीमा हालसम्म जिम्मेवारी सम्माल्नु भएको अधिकृतहरुमा जयनारायण खनाल, हरिप्रसाद गुरागाईँ, तुलाराम थापा मगर, पंकज भूर्तेल, विष्णुबहादुर अधिकारी, सुरेन्द्र दाहाल, गीताकुमारी राई, रामकृष्ण श्रेष्ठ, प्रकाशचन्द्र चौधरी र अमृतबहादुर राई रहनु भएको थियो । जसमा सुरेन्द्र दाहाल र प्रकाशचन्द्र चौधरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
158
सम्बन्धित

लोकप्रिय

लोकप्रिय