सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ।

महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ। आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
876
सम्बन्धित

लोकप्रिय

लोकप्रिय