फेसबुकबाट जोडिएको प्रेम सम्बन्धले अस्ताइन इलामकी मनीषा

झापा । सामाजिक सञ्जालमध्ये सबैभन्दा बढी चलेको फेसबुकको माध्यमबाट प्रेम सम्बन्ध बनाउने कतिपयको सफल भएको छ भने धेरैको असफल नै बनेको छ । मनीषा लोहार र अनिल विकबीचको फेसबुके मायाको पनि त्यसरी नै दुःखद अन्त्य भएको छ । फेसबुके माया गहिरो बन्न नसक्दा कैलाली गौरीगङ्गा नगरपालिका–३ बस्ने २० वर्षीय अनिलले आफ्नी प्रेमिका इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनीषालाई साउन २८ गते अर्जुनधारा ६ को महानन्द चौकमा छुरा प्रहार गरी हत्या गरे ।

दुवै जना अढाई वर्षअघि फेसबुकबाट जोडिएका थिए । अनिलको घर कैलाली भए पनि उनी पूर्वतर्फ आइरहने भएकाले दुवैबीच बाक्लै भेटघाट भइरह्यो । उनी भारतको सिलिगुडीमा कपडाको मार्केटिङ गर्ने गरेका थिए । अनिलका परिवारका सदस्य सबै भारतमा बस्ने गरेका छन् । मनीषा बिर्तामोड नगरपालिका– ५ पाथीभरा टोलमा डेरा बसेर एक म्यानपावर कम्पनीमा काम गर्थिन् । दुवैको उमेर र जातले मिलेपनि स्वभाव नमिल्दा उनीहरूको प्रेम सम्बन्ध टिकेन । आवेशमा आएर अनिलले छुरा हानेर मनीषाको हत्या गरे । अनिल छिटो आवेशमा आउने गर्थे । ‘छिटो टेम्परमा आउने मेरो स्वभाव मनीषालाई मन परेको थिएन ’प्रहरीसँगको बयानमा अनिलले भनेका छन् ।

हिजो साँझ घटना भएको दिन भेट हुँदा कुराकानीकै क्रममा दुवैबीच विवाद भएको बताइएको छ । अनिलले दुईजना सँगै बाटोमा हिँड्दै आउँदा विवाद भएको बताएका छन् । तर, मनीषाका साथी सानीले अटोबाट उत्रिसकेपछि अनिलले मनीषालाई छुरा हानेको बताएकी छन् ।


अनिलले अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका मनीषालाई छुरा प्रहार गरी हत्या गरेका थिए । छुरा प्रहार गर्ने अनिललाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका छन् ।युवतीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाई भाग्ने क्रममा स्थानीय व्यक्तिहरूले कुटपिट गरी अनिललाई घाइते बनाएको प्रहरीले जनाएको छ । अनिलको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा ४ टाँचा लगाइएको छ भने आँखामा सामान्य चोट रहेको छ । उनको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । यता म्यानपावरमा कार्यरत कर्मचारीको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भर्त्सना गरेको छ ।

गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा अपरिचित व्यक्तिको पटक–पटकको छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारार्थ अस्पताल पुर्‍याइएता पनि बीएण्डसी अस्पतालले मृत घोषणा गरेको थियो । उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघसहित झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायीहरूलाई मर्माहत एवम् स्तब्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । टाइम अफ प्रदेशबाट

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
2
+1
1
+1
1
+1
1
480
सम्बन्धित

लोकप्रिय

लोकप्रिय