रविलाई दोषी ठहर गर्दै सहकारी छानबिन समितिको प्रतिवेदन तयार, आज संसदमा बुझाइने

काठमाडौं । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज संसदमा प्रतिवेदन बुझाउँदै छ। तीन महिना १५ लिन लामो अनुसन्धानपछि समितिले आज प्रतिवेदन बुझाउन लागेको हो।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन तयार गरेको छ। कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको हो।


छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइतबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो। करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो। प्रतिवेदनमा हस्ताक्षर गर्न ७ सदस्यीय समितिको बैठक अहिले बिहान ११ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
99
सम्बन्धित

लोकप्रिय

लोकप्रिय