ओलीविरुद्ध गालीगलौजमै केन्द्रीत प्रचण्डको झापा भ्रमण

बिर्तामोड । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार विहानै झापाको बिर्तामोडमा एक फन्को र्याली लगाए । सो र्यालीलाई ‘मर्निङ वक’ भनिएको थियो । वाइसियलका युवाहरुको भीडभित्र हिडेका प्रचण्ड पार्टी प्रवेश कार्यक्रमका लागि झापा आएका थिए ।

झण्डै ६ वर्षपछि झापा आएका प्रचण्ड वितेको वर्षहरु बुढानिलकण्ठ र बालकोटा धाउँदा धाउँदै बिताएका थिए । दुवै राजनीतिक केन्द्रले छोडेपछि झापा आएका प्रचण्ड एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध खनिएर फर्किएका छन् । राजनीतिक विचार, पार्टी कार्यकर्तालाई आगामी कार्ययोजना तथा निर्देशन दिनुको बदला उनी ओली विरुद्ध सरकारबाट बहिर्गमन हुनुको पीडा ओकलेर फर्किए ।

झापामा पाँचौं दलको हैसियत भएको माओवादीले प्रचण्डको आगमनलाई भव्य रुपमा स्वागत गरेको छ । प्रचण्डले ओली विरुद्ध आगो ओकल्दै २०८४ को निर्वाचनमा झापाबाटै उम्मेदवार बन्न सक्ने संकेत समेत गरेका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा समेत प्रमुख-उपप्रमुखमा एउटा सिट जित्न नसकेको माओवादीलाई झापामा निर्वाचन फलामको चिउरा बराबर छ ।


२०६४ को निर्वाचन सम्झिएर २०८४ मा भाग लिने प्रचण्डको संकेत कार्यकर्ता रुझाउने अभिव्यक्ति मात्र भएको अधिकांशको बुझाई छ । झापामा एकाविहानै हिडेका प्रचण्डले गिरीबन्धु टि–स्टेटका बारेमा पहिलो अभिव्यक्ति दिएका थिए । उनले गिरीबन्धुको मुद्दा बालकोट तिर मोडिएपछि सरकार ढलेको प्रतिक्रिया दिए । उनले झापा आएको बेला गिरीबन्धु देखाएर ‘पब्लिेक सेन्टिमेन्ट’ आकर्षित गर्न खोजे ।

बिर्तामोडको सिटी सेन्टरमा आयोजित पार्टी प्रवेशमा उनले केपी ओलीको संगत गरेर आफु गधा भएको संज्ञा दिए । एमाले र ओलीलाई सुधार गर्न प्रयत्न गरेको बताउने उनले ३२ सिटबाट च्याँखे थापेर पटक–पटक प्रधानमन्त्री खाएको विर्सिएरै अभिव्यक्ति दिएका थिए ।

पार्टी प्रवेश कार्यक्रमको अधिकतम समय एमाले अध्यक्ष ओली र सरकार विरुद्ध खनिएका प्रचण्डले झापाको भ्रमणलाई राजनीतिक भन्दा गालीगलौचमा परिणत गरिदिएका छन् ।

गत भदौं १७ गते अनलाइन खवरले प्रचण्डका ५ विरोधाभास शिर्षकमा टिप्पणी लेखेको थियो । त्यहाँ लेखिएको थियो – आफू प्रधानमन्त्री छँदा आलोचकलाई निराशावाद फैलाउन लागेको भनी आक्षेप लगाउने प्रचण्ड प्रतिपक्षी बन्नेबित्तिकै बंगलादेश र श्रीलंका देखाएर असन्तुष्टिको लाभ लिन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
176
सम्बन्धित

लोकप्रिय

लोकप्रिय