आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।

किङ्ग सिटीमा खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ । क्यानडामा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसोसियट टोली मध्येको शीर्ष टोली बन्न नेपालले होम ग्राउन्डका मात्रै नभएर अवेका खेलहरु पनि जित्नु आवश्यक छ ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग २ कै एक दिवसीय खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । उक्त घरेलु सिरिजका ४ मध्ये नेपालले ३ खेल गुमाएको थियो। लिग २ को तालिकामा नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।


यसै सिरिजका लागि भारतको बैंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो । प्रशिक्षक मोन्टी देशाइले नेपालको तयारी राम्रो रहेको र राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र क्यानडाले हालसम्म एक अर्काविरुद्ध ३ ओडीआई खेल खेलेका छन् । जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
148
सम्बन्धित

लोकप्रिय

लोकप्रिय