ट्रम्पमाथी हत्याको दोस्रो प्रयास

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् ।

घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् ।

एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए। घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ।


एजेन्टहरूले गोली हानेपछि प्रत्यक्षदर्शीले संदिग्धलाई झाडीबाट भागेको र कालो निसान कारमा हाम फालेको जानकारी दिएका थिए । यता आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू ‘सुरक्षित रहेको बताएका छन्।

Photo : REUTERS/Brendan McDermid

यो घटना पेन्सिलभेनियाको र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको झण्डै दुई महिनापछि भएको हो। त्यति बेला उनको कानमा मात्र चोट लागेको थियो । बिबिसी

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
136
सम्बन्धित

लोकप्रिय

लोकप्रिय