झापामा प्रचण्डलाई हत्यारा भनेपछि विवाद, चारजना राजावादी पक्राउ

भद्रपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थल बाहिर हत्यारा भन्ने चार जना राजावादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगढी विमानस्थलमा विमान रद्द भएर राति बास बस्नका लागि मेचीनगर ८ स्थित होटेल मेची क्राउनतर्फ जाने क्रममा राजावादीहरूले प्रचण्डलाई हत्यारा भनेका थिए । सो राजावादीको समूह पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिदाइ गर्न विमानस्थल आएको थियो । राजावादी समूहका तर्फबाट

मेचीनगर १० धुलाबारी बस्ने २७ वर्षीय सोना गेलाललगायतले प्रचण्डलाई जथाभाबी भनेको बताइएको छ । त्यसपश्चात् नेकपा माओवादी केन्द्रका कार्यकर्ता र राजावादीहरुबीच विवाद भएको थियो ।


प्रचण्डलाई हत्यारा भन्ने गेलालसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ भइरहेको उनले जानकारी दिइन् । हाल स्थिति सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
151
सम्बन्धित

लोकप्रिय

लोकप्रिय