कोशी स्तरीय ब्याडमिन्टनको उपाधि बोगटींचौधरी र गुरुङंठकुरीको जोडीलाई

झापा । कोशी प्रदेशस्तरीय पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले उचालेको छ । झापा जिल्ला ब्याडमिन्टन संघले भद्रपुरस्थित मेची रंगशालाको कभर्ड हलमा आयोजना गरेको प्रतियोगितामा आइतबार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् ।

सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको संघका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

त्यस्तै, तेस्रो भएका धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडी तथा बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको सचिव तीर्थराज ढकालले जानकारी दिए । यसैबीच, पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ । फाइनलमा उनीहरूले सङ्खुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई सोझो सेटमा हराए । पहिलो सेट प्रतिस्पर्धात्मक भए पनि दोस्रो सेटमा सम्हालिन नसक्दा कार्की र खड्का उपाधिबाट चुके ।


गुरुङ र ठकुरीको जोडीले २३–२१ र २१–१८ को रिजल्ट निकाल्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै उनीहरूले नगद ५० हजार, ट्रफी र मेडल पाए । उपविजेता भएका कार्की र खड्काको जोडीले नगद ३० हजार ट्रफी र मेडलमा चित्त बुझायो । तेस्रो स्थानमा सीमित भएका मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडी तथा तेह्रथुमका विवेक कन्दङवा र पाँचथरका नेल्सन राईको जोडीले नगद १०–१० हजार, ट्रफी र मेडल पाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय