एन्फा महिला लिग : एपिएफ शिर्ष स्थानमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

अपराजित यात्रा कायम राख्ने क्रममा एपिएफले आइतबार कर्णालीलाई ६-० ले पराजित गर्यो । एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान १ गोल गरे।‌ १ गोल कर्णालीले आत्मघाती गर्यो ।

एपिएफ ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको पुलिसको समान खेलबाट ११ अंक छ । दोस्रो खेलमा बागमती युथ क्लब र चन्द्रपुर नगरपालीकाले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् ।


चन्द्रपुर ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा रहॅंदा बागमती समान खेलमा ४ अंकका साथ आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
126
सम्बन्धित

लोकप्रिय

लोकप्रिय