मोरङबाट साढे १८ लाख रुपैयाँसहित ९ जुवाडे पक्राउ

मोरङ । मोरङको ग्रामथान गाउँपालिका –४ कटरीयाबाट प्रहरीले गए राति ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा बेलबारी प्रहरीले राति ८ बजे छापा मारेको थियो ।

जुवाको खालबाट प्रहरीले १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेहरूमा अभिलाल माझी, जयकिशोर शाह, जनककुमार मास्के, महेश शाह, शिवनारायण माझी ,युवक राई ,रितुवर्ण नेम्बाङ , लोकनाथ सापकोटा र प्रताप राई रहेका छन् । त्यस्तै अर्जुन तुम्रुक फरार भएका छन् ।

प्रहरीले बा प्र.०१–०२०च९७३७, बा१५च ६७३०, बा१५च७२८१, बा१८च३७०२,बा ४८५०,बा१ज५९१६, बा१८च४५६५ नं को गाडी समेत नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय