बेल्स मोडल स्कुलले मनायो ६० औं राष्ट्रिय बालदिवस

झापा । राष्ट्रिय बालदिवसमा झापाको बिर्तामोड–७ मा अवस्थित भुसाबारीमा रहेको बेल्स मोडल स्कुलले बिविध कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले ले आज ९शनिवार० सांस्कृतिकसहित पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरेर ६० औं राष्ट्रिय बालदिवस मनाएको हो ।

बालदिवसका अवसरमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले कविता बाचन, नृत्य, गायन, नाटकलगायतका बिधामा आ–आफ्नो कला प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच बिद्यालयले बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृतसमेत गरेको थियो ।

कक्षा नर्सरीदेखि १० सम्मका प्रत्येक कक्षाका तीन जना बिद्यार्थीलाई बिधागत पुरस्कार बितरण गरिएको थियो । उनीहरुलाई बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुली, बिद्यालय अभिभावक संघका अध्यक्ष ताराप्रसाद चापागाई, बिद्यालयका सस्थापक अध्यक्ष जयकुमार प्रसाई, प्रिन्सिपल ताराकुमार प्रासाईले पुरस्कार बितरण गर्नुभएको थियो ।


बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष जयकसमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पिन्सिपल ताराकुमार प्रसाईले पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन बिद्यालयका भाइस प्रिन्सिपल देवान ढुङ्गानाले गर्नभएका् थियो । छोटो समयमा गुणस्तरीय शिक्षा दिदै आएको बिद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ पनि अध्यापन गराउँदै आएको छ । एक हजार एक सय बिद्यार्थी अध्यापन रहेको बेल्स मोडलमा ५० जना शिक्षकशिक्षका कार्यरत रहेको प्रिन्सिपल प्रसाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
300
सम्बन्धित

लोकप्रिय

लोकप्रिय