कांग्रेसका संगठनहरु अल्छि भए-सुधिरकुमार शिवाकोटी

बिर्तामोड । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले नेपाली कांग्रेस निकट संगठनहरु अल्छि भएको बताउनुभएको छ ।

आज झापाको बिर्तामोडमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेलालाई सम्बोधन गर्दै शिवाकोटीले कांग्रेस निकट संगठनहरु र तीनमा आवद्ध नेता, कार्यक्रता अल्छि भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले पार्टीलाई चलायामान बनाउन मुख्य भुमिका खेल्ने तरुणदल, नेपाल बिद्यार्थी संघ जस्ता भातृ संगठनहरु जुनरुपमा क्रियाशील हुनुपर्ने हो त्यसरी चलायामान बन्न नसकेको बताउनुभयो । सबै संगठनहरु च्लायामान हुन नसकीरहेको अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समितिले भने पहिलो पटक नगर भेलाको आयोजना गरेर सकरात्मक राजनैतीक सन्देश दिएको बताउनुभयो । उहाँले पार्टीलाई सुद्धिण र मजबुद बनाउन सबै संगठनहरु चलायामान हुनुपर्ने आवश्यक्ता रहेको धारणा राख्नुभयो ।


भेलालाई नेपाली कांग्रेस महासमिति सदस्य तथा झापा जिल्ला कोषध्यक्ष जलकुमार गुरुङ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
168
सम्बन्धित

लोकप्रिय

लोकप्रिय