नेपाल लोकतन्त्रवादी आदिवासी जनाती महासंघ बिर्तामोडको प्रथम नगर भेला समपन्न

बिर्तामोड । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समितिको प्रथम नगर भेला सम्पन्न भएको छ ।

महासंघको बिर्तामोड नगर समितिका अध्यक्ष आनन्द गुरुङकाे अध्यक्षतामा आज बिर्तामोडमा पहिलो नगर भेला समपन्न भएको हो । भेलामा नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

लोकतन्त्रवादी आदिवासी जनजातीहरुलाई एकताबद्ध बनाउने सन्देश दिन भेलाको आयोजना गरिएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समितिका सचिव दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।


प्रथम नगर भेलालाई सम्बोध गर्दै प्रमुख अतिथि शिवाकोटीले अन्य संगठनहरु चलायामान हुन नसकीरहेको अवस्थामा लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समितिले पहिलो पटक नगर भेलाको आयोजना गरेर सकरात्मक सन्देश दिएको बताउनुभयो । उहाँले कांग्रेसका अन्य संगठनहरु अल्छि भएको भन्दै पार्टीलाई सुद्धिण र मजबुद बनाउन सबै संगठनहरु चलायामान हुनुपर्ने आवश्यक्ता रहेको धारणा राख्नुभयो ।

भेलालाई नेपाली कांग्रेस महासमिति सदस्य तथा झापा जिल्ला कोषध्यक्ष जलकुमार गुरुङ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

नगर भेलामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समिति अन्तर्गतको वडा समितिका अध्यक्षहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रमको संचालन लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बिर्तामोड नगर समितिका सचिव दिनेश श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
217
सम्बन्धित

लोकप्रिय

लोकप्रिय