शान्ति सामुदायिक वनका ८४३ घर उपभोक्तालाई निःशुल्क सिलिण्डर ग्यास बितरण

अर्जुनधारा । झापाको अर्जुनधारा २ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले विभिन्न चरणमा गरेर ८४३ घर उपभोक्तालाई सिलिण्डर ग्यास बितरण गरेको छ । सामुदायिक वनले विगत ६ बर्ष अघिबाट संचालन गरेको ‘एक घर, एक सिलिण्डर’ कार्यक्रम अन्तरगत हालसम्म ८४३ घर उपभोक्तालाई सिलिण्डर बितरण गरेको हो ।

सोहि कार्यक्रम अन्तर्गत आज शनिबार १ सय ३० घर उपभोक्तालाई प्रतिघर १ थानका दरले ग्यास भरिएको सिलिण्डर बितरण गरिएको सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिनुभयो । उहाँले अघिल्लो कार्यसमितिले विगत ६ वर्षदेखि सञ्चालन गरेको उपभोक्तालाई ग्याससहितको सिलिण्डर बाँड्ने कार्यक्रमलाई अभियानकै रुपमा लिएर आफु नेतृत्वको कार्यसमितिले निरन्तरता दिएको बताउनुभयो ।

दाउरा संकलन गर्ने क्रममा वन विनाससँगै सम्भावित चोरीतस्करी नियन्त्रण तथा वन क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएकोे सिलिण्डर वितरण कार्यक्रम अब अन्तिम चरणमा आएको कोइरालाले बताउनुभयो । ८ सय ६३ जना उपभोक्ता रहेको सामुदायिक वनले ८४३ उपभोक्तालाई सिलिण्डर बितरण गरिसकेको छ । बाँकी रहेका केहि उपभोक्ता र यसैबर्ष थप हुने नयाँ उपभोक्तलाई समेत सिलिण्डर बितरण गरिने उहाँले बताउनुभयो ।


सुरुवातमा विपन्न उपभोक्ताहरुबाट बितरण सुरु गरेर थालिएको कार्यक्रमको लक्ष्य अनुरुप हालसम्म आइपुग्दा सामुदायिक वनका सबै उपभोक्तालाई सिलिण्डर प्रदान गर्ने लक्ष्य अनुरुप हाल अन्तिम चरणमा बितरण गरिएको हो । सामुदायिक वनले सिलिण्डर उपलब्ध गराएर उपभोक्ताहरुलाई सुविधा प्रदान गरेको प्रति उपभोक्ताहरुले खुशी प्रकट गरेका छन् ।

सामुदायिक वनका अध्यक्ष कोइरालाले सिलिण्डर बितरण कार्यक्रम अन्तिम चरणमा रहेकाले अब उपभोक्ताहरुलाई विभिन्न तालिम प्रदान गर्दै सिप सिकाएर क्षमतावान बनाउने तथा आत्मनिर्भर र व्यवसायीक बनाउने तर्फ सामुदायिक वनले लगानी गर्ने बताउनुभयो।

शनिबार अर्जुनधारा २ स्थित रेडक्रस भवन र सामुदायिक वनको कार्यलयबाट उपभोक्ताहरुलाई सिलिण्डर बितरण गरिएको थियो । उपभोक्ताहरुलाई सिलिण्ड बितरण गर्न समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङवा लिम्बू, सचिव नरेन्द्र प्रसाद गौतम, सहसचिव प्रेम प्रसाद घिमिरे, कोषाध्यक्ष बिना रोक्का लगायत सामुदायिक वनका कार्यसमिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस्तै टोल समितिका पदाधिकारी तथा संयोजकहरुले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
361
सम्बन्धित

लोकप्रिय

लोकप्रिय