बिर्तामोडमा बढ्यो अपराधका घटना, झन्झन् असुरक्षित बन्दैछ

बिर्तामोड । झापाको मुख्य व्यापारीक केन्द्र बिर्तामोडमा अपराधका घटना बढेको छ । पछिल्लो समय बढेका घटनाले बिर्तामोड सुरक्षा चुनौती थपिएको छ ।

अर्जुनधारा–६ महानन्दचोकमा शुक्रबार साँझ ६ः३० बजे १९ वर्षीया किशोरीको हत्या भयो । इलाम फिक्कलकी मनिसा लोहारको छुरा प्रहारबाट हत्या गरिएको थियो। तीन ठाउँमा छुरा प्रहार गरेर कैलाली घर भई बिर्तामोड बस्दै आएका २० वर्षीय किशोर अनिल विकले उनको हत्या गरेका हुन् ।

घटना विवरण अनुसार बिर्तामोडसँग जोडिएको महानन्द चोकस्थित मुख्य सडकमा हत्याको घटना भएको हो । घाँटी, छाती र कोखमा छुरा प्रहार गरेका युवालाई स्थानीयले प्रतिकार गरेका थिए । प्रतिकारपछि स्थानीयले नै हत्यामा संलग्न युवकलाई प्रहरी समक्ष जिम्मा लगाएका थिए । प्रहरीका अनुसार ति युवाको उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । किशोरीको उपचारका क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।


सडक क्षेत्रमा छुरा प्रहार गरेर हत्या भएको घटनाले बिर्तामोड क्षेत्रमा असुरक्षा बढेको स्थानीयबासीको भनाई छ । मुख्य सडकमा छुरा प्रहार हुनुले बिर्तामोडमा सुरक्षा व्यवस्था फितलो भएको स्थानीयको प्रतिक्रिया छ । 

त्यस्तै शुक्रवार नै गिरीबन्धु टि–स्टेटको गेट अगाडि कुकर बक विस्पोट गराइएको अवस्थामा फेला परेको थियो । केही दिनअघि बिर्तामोडको किरात चौकमा ग्याङ फाइट भएको थियो । उक्त ग्याङ फाइटबाट केही युवाहरु घाइते भएका थिए । त्यस्तै केहि समय अगाडी अगाडि भद्रपुर स्टेण्डबाट विद्यार्थीहरु छुरा हानाहान गर्दागर्दै पक्राउ परेका थिए । त्यस्तै केहि समय अघि बिर्तामोडको पश्चिम स्टेण्डमा समेत युवाहरुबीच छुरा हानाहान भएको थियो ।

ग्याङ फाइट भएको धेरै समयसम्म घटनास्थलमा प्रहरी नपुगेको स्थानीयको गुनासो छ । हप्तादिनको फरकमा बिर्तामोडमा भइरहेको छुरा प्रहारले बिर्तामोडबासीले सुरक्षाको प्रत्याभूति हुन नसकेको बताइरहेको बेला मुख्य सडकमा हत्याको घटनाले थप त्रसित बनाएको छ ।

बिर्तामोडमा बढ्दो लागुऔषध दुव्र्यसनले अपराधिक घटना वृद्धि गरेको अधिकांशको बुझाई छ । प्रहरीले लागुऔषध विक्री गर्ने ठाउँमा वेवास्था गर्दै आएको आरोप समेत लाग्ने गरेको छ । प्रहरीले बिर्तामोडको पश्चिम बस स्टेण्ड र अदुवा पुलमा बसेर लागुऔषध कारोवार गर्नेहरुलाई समेत नियन्त्रणमा लिन सकेको छैन । हरेक दिन साँझ सो क्षेत्रमा अपरिचित युवायुवतीहरुको भीड लाग्ने गरेको छ ।

साँझ परेपछि साना पसलेहरुलाई पसल बन्द गराउन ताकेता गर्ने बिर्तामोड प्रहरीले डान्सबारहरुलाई अन्देखा गरिरहेको भन्दै आलोचना समेत भइरहेको छ । बिर्तामोडमा सुरक्षा प्रवन्ध कमजोर भएको यहाँका अगुवाहरुको धारणा छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
214
सम्बन्धित

लोकप्रिय

लोकप्रिय