झापामा २४ घण्टाभित्र दुई जनाको हत्या

बिर्तामोड । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्जुनधारा नगरपालिकामा शुक्रबार साँझ र शिवसताक्षीमा बिहीबार राति गरी दुई जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार घटनामा आफन्तको संलग्नता रहेको छ ।

उनका अनुसार अर्जुनधारा नगरपालिका ६ स्थित महानन्द चोकमा शुक्रबार साँझ इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनिषा लोहारको छुरा प्रहार गरी हत्या गरिएको हो । लोहार हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका ३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।


लोहारलाई पटक-पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

यसैगरी, शिवसताक्षी नगरपालिका ८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले बिहीबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाइ रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ । उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
302
सम्बन्धित

लोकप्रिय

लोकप्रिय