दिदीभेनाले झगडा गरेपछि झुन्डिइन् २५ वर्षीया कोपिला

बिर्तामोड । बिर्तामोड ५ सुकुम्बासी टोलस्थित दिदीभेनाको डेरामा बस्दै आएकी एक महिलाले आज राति झुन्डिएर आत्महत्या गरेकी छन् ।

छवि विकको घरमा डेरा लिई बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल लिम्बूले राति ८.४५ बजेतिर झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनले कोठाको सिलिङमा रहेको फलामको रडमा कपडाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


उनी विगत तीन महिनादेखि दिदीभेनाको घरमा बस्दै आएकी थिइन् । दिदीभेनाबीच झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । कोपिलाका श्रीमान कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
250
सम्बन्धित

लोकप्रिय

लोकप्रिय