बिर्तामोडमा छुरा प्रहारबाट हत्या गरिएकी युवतीको पहिचान खुल्यो

बिर्तामोड । झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ ।हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो ।

त्यस्तै उनलाई छुरा प्रहार गर्ने युवक कैलाली जिल्ला स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विक भएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको हो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।

छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।


चार दिनअघि केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।

बिर्तामोडमा छुरा प्रहार गरि युवतीको हत्या

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
4
338
सम्बन्धित

लोकप्रिय

लोकप्रिय