बिर्तामोडमा छुरा प्रहार गरि युवतीको हत्या

बिर्तामोड । झापाको बिर्तामोडस्थित महानन्द चोकमा अहिले साँझ एक अपरिचित युवतीमाथि छुरा प्रहार भएको छ ।

 परिचय नखुलेको अर्का युवाले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

एक अपरिचित युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले घटनाको प्रतिकार गर्दा उनी भागेका थिए । अर्जुनधारा-६ मा स्थानीयले पक्राउ गरि उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।


युवक र युवतिको परिचय हालसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनले घटनाको कारण समेत थाहा हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
3
492
सम्बन्धित

लोकप्रिय

लोकप्रिय