बिर्तामोडमा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर संचालनमा

बिर्तामोड । झापाको बिर्तामोडमा फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर संचालनमा आएको छ । बिर्तामोड–५ स्थित कृषिथोक बजार उत्तर पश्चिममा सन्चालनमा आएको सेन्टरको आज एक कार्यक्रमकाबीच बिर्तामोड–५ का वडाअध्यक्ष रोहित प्रसाईले उद्घाटन गर्नुभयो ।

फ्युचरफेम स्किल एण्ड ट्रेनिङ सेन्टर प्रालिकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता र बिर्तामोड–५का वडाअध्यक्ष प्रसाईको प्रमुख आतिथ्यमा भएको एक औपचारीक कार्यक्रमको बिच ट्रेनिङ सेन्टर संचालनमा ल्याइएको हो ।

ट्रेनिङ सेन्टरमा ३ महिने बेसिक टेलरिङ्ग कोर्स, डिप्लोमा टेलरिङ्ग कोर्स, एड्भन्स टेलरिङ्ग एण्ड फेसन डिजाइनिङ कोर्स सम्बन्धि तालिम प्रदान गरिने सेन्टरकी सचिव आशा बानियाँ उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीकी अनुसार सिटिभिटिबाट मान्यताप्राप्त तालिमहरु संचालन हुनेछन् । त्यस्तै सेन्टरमा विभिन्न डिजाईनिङ ड्रेस र तयारी पोसाकहरु उपलब्ध तथा बिक्रि हुने बताइएको छ ।


ट्रेनिङ सेन्टरमा सिटिभिटि लेबल २ पास गर्नुभएका होमा डिजाइनरकी प्रोपाइटर समेत रहनुभएकी सर्मिला अधिकारी, फेसन डिजाइनर तथा आइएनजिओ समुन्नत नेपालमा समेत ट्रेनरको रुपमा काम गर्नुभएकी आशा बानियाँ उप्रेती, र सिटिभिटि लेबल २ पास गर्नुभएकी सविता चौहानले तालिम प्रदान गर्नुहुनेछ ।

फेसन डिजाइनिङ क्षेत्रमा करिब २ दशकदेखि सक्रिय रहनुभएका सफल महिला उद्यमीहरुको सक्रियतामा सेटर संचालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सर्मिला अधिकारीले फेसन डिजाइनलगायतका सिप सिक्न अब काठमाडौं र इन्डिया जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

त्यस्तै सचीव आशा बानियाँ उप्रेतीले १७ बर्ष अघिदेखि निरन्तर आफु यहि क्षेत्रमा काम गरेकाले अरुलाई सिकाउनेसंगै आफ्नो सपना पुरा गर्ने उदेश्यले सेन्टर संचालनमा ल्याएको बताउनुभयो । उहाँले विगतमा सिलाई कटिङ्ग गर्दा अपमानित हुनुपर्ने अवस्था्देखि आज सम्मान योग्य पेसाको रुपमा हेरिएको र यो व्यवसायको भविष्य रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष रोहित प्रसाई, कृषि बजार कृषिथोकका अध्यक्ष निरज ओली र बिर्तामोड उघोग वाणिज्य संघकी महिला उपाध्यक्ष गोमा भट्टराईले शुभकामना वयक्त गर्नुुभएको थियो । कार्यक्रममा सतासी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठ, एबिसी नेपालकी अध्यक्ष कन्चना सिटौला, बिर्तामोड उघोग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी संघकी अध्यक्ष राधिका चुडाल, सुरक्षा महिला दवाबकी महासचिव नैनकला भट्टराई, बिर्तामोड नगरपालिकाकी लघुउद्यम विकास सहजकर्ता चनिमाया तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै व्यवसायीहरु कमल थापा, मोहन मैनाली, प्रेम खड्का, बासुदेव उप्रेती, कल्पमा बानियाँ लगायतको उपस्थिति रहेको थियो । सेन्टरकी सचिव आशा बानियाँ उप्रेतीले संचालन गर्नुभएको कार्यक्रममा सदस्य सविता चौहानले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
1
+1
1
+1
0
+1
0
650
सम्बन्धित

लोकप्रिय

लोकप्रिय