कीर्तमानी पलेशाले पाइन् ६५ लाख, प्रशिक्षक र व्यवस्थापक पनि पुरस्कृत

काठमाडौं। पेरिस पारा लिम्पिक्समा २०२४मा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधान्मन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

साथै प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । राष्टिय खेलकुद विकास नियमावली अनुसार उनीहरुले उक्त पुरस्कार रकम पाएका हुन् ।


कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिएको बताए।

पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन् । पलेशाले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प्रतिस्पर्धामा सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय