कोशी सरकारले पायो पूर्णता, कांग्रेसका ४ मन्त्रीले शपथ लिए

विराटनगर । कोशी सरकारका नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

कांग्रेसले खोटाङका भूपेन्द्र राईको नेतृत्वमा १ राज्यमन्त्री र ३ जना मन्त्री पठाएको छ । राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।

नयाँ मन्त्रीमा सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् ।


आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसक्दा यहाँ लामो समय यहाँ मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । योसँगै कोशीमा २ राज्यमन्त्रीसहित एमाले–कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
152
सम्बन्धित

लोकप्रिय

लोकप्रिय